२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतपत्र लुट्ने प्रयासपछि मतदान पुनः सुरु हुन सकेन, मतदान एजेन्ट अझै प्रहरी निमन्त्रणमा

अ+ अ-

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रमा उत्पन्न विवादका कारण रोकिएको मतदान अझै सञ्चालनमा आउन सकेको छैन।

मतदान स्थलमा मतपत्र खोस्ने प्रयास भएपछि स्थिति असामान्य बनेको र त्यसपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो।

घटनाका क्रममा मतदान स्थलमा कार्यरत कर्मचारीमाथि हातपातको प्रयास भएको बताइएपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन हवाई फायरसमेत गरेका थिए। उक्त घटनापछि मतदान प्रक्रिया स्थगित भएको र हालसम्म पुनः सुरु हुन नसकेको प्रशासनले जनाएको छ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अवरुद्ध मतदान पुनः सञ्चालनबारे स्थानीय स्तरमा छलफल जारी छ। स्थिति सामान्य बनाउन विभिन्न पक्षबीच समन्वय र परामर्श भइरहेको उनले जानकारी दिए।

उनका अनुसार मतदान केन्द्रमा रहेका दलका प्रतिनिधि (बुथ एजेन्ट)हरूलाई सुरक्षाको दृष्टिले सुरक्षित स्थानमा राखिएको छ। मतपत्र खोस्ने प्रयास भएपछि थप तनाव सिर्जना हुन सक्ने आकलन गर्दै उनीहरूलाई मतदान स्थलबाट हटाएर सुरक्षित स्थानमा लगिएको प्रशासनले जनाएको छ।