२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीका लागि राजस्व परामर्श समिति गठन

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट निर्माण प्रक्रियालाई सहयोग पुर्‍याउने उद्देश्यले राजस्व परामर्श समिति गठन गरिएको छ। रामेश्वर खनालले उक्त समिति गठन गरेका हुन्।

समितिको नेतृत्व अर्थ मन्त्रालयका राजस्व सचिवले गर्ने व्यवस्था गरिएको छ। सदस्यका रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख वा वरिष्ठ प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंक का कार्यकारी निर्देशक तथा अर्थ मन्त्रालयबाट मनोनीत दुई जना अर्थ र कर विज्ञलाई समावेश गरिएको छ।

निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल आर्थिक संघ का अध्यक्ष वा उनीहरूले तोकेका वरिष्ठ पदाधिकारीलाई सदस्यको रूपमा राखिएको छ।

समितिलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्त:शुल्क, डिजिटल सेवा कर, ई–कमर्स करलगायत आन्तरिक कर व्यवस्थासम्बन्धी नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको छ। कर दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली परिमार्जन तथा राजस्व प्रशासन सुदृढीकरणसम्बन्धी सिफारिस पनि समितिको जिम्मेवारीमा समावेश गरिएको छ।

यसैगरी भन्सार दर पुनरावलोकन, स्वदेशी उद्योग संरक्षण, व्यापार सहजीकरण, सीमा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, विदेशी विनिमय नियमन तथा आर्थिक अपराध नियन्त्रणका विषयमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने कार्यक्षेत्र तोकिएको छ।

समितिको कार्यलाई विषयगत रूपमा व्यवस्थित गर्न नौवटा उप-समिति गठन गरिएका छन्। ती उप-समितिहरूले आन्तरिक राजस्व, भन्सार प्रशासन, राजस्व चुहावट नियन्त्रण, उद्योग-वाणिज्य तथा लगानी, कृषि-ऊर्जा-पर्यटन, बैंक तथा वित्तीय क्षेत्र, गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन, समष्टिगत अर्थतन्त्र तथा सम्पत्ति शुद्धीकरण निवारणलगायत क्षेत्रमा अध्ययन गर्नेछन्।

उप-समितिहरूलाई आ-आफ्नो क्षेत्राधिकारभित्र विश्लेषण सम्पन्न गरी २०८२ चैत मसान्तभित्र मुख्य समितिसमक्ष प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ। सम्बन्धित निकायका अनुसार समिति गठन भएसँगै कार्य प्रारम्भ भइसकेको छ।