२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई निवर्तमान सभामुखको जवाफ- ‘माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय होइन, नियमावली अनुसार हुन्छ’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका छन् ।

झापाको बिर्तामोडमा मंगलवार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए । त्यही टिप्पणीको सन्दर्भमा घिमिरेले प्रेस विज्ञप्ति जारी गरी घिमिरेले लोकतान्त्रिक अभ्यासमा चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् । 

उनले संसदीय अभ्यासमा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि छलफललाई व्यवस्थित र क्रमिक रूपमा अगाडि बढाउन समय निर्धारण गरिने उल्लेख गरेका छन् । ‘माइक काट्नु वा काटिनु सभामुखको व्यक्तिगत विचारमा आधारित नभई पूर्वनिर्धारित समय र संसद्को नियमावली अनुसार हुने घिमिरेले बताएका छन् । 

निवर्तमान सभामुख घिमिरेले संसद्को कार्यप्रणालीबारे सामान्य जानकारी राख्ने व्यक्तिले यो बुझ्न सक्ने दाबी गरेका छन् । आफू संसद्को अभ्यास गरेर आएको र संसद्को वेबसाइटमा पनि उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य माननीय सदस्यको पालामा पनि माइक काटिएको पाइएको उदाहरण उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

घिमिरेले लामिछानेलाई उल्टै सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भनी प्रश्न गरेका छन् । झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका घिमिरेले यसअघि नै आफू प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

घिमिरेले भनेका छन्, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसद्को अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ । मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।’

झापा २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको जानकारी गराएका छन् ।

उनले भनेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु।आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’