२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-बांङ्लादेश सम्बन्ध सुधारसहित पर्यटक भिसा सेवा पुनः सञ्चालन

अ+ अ-

ढाका । बांङ्लादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बांङ्लादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन्।

सुरक्षा कारण देखाउँदै बांङ्लादेश सरकारले भारतस्थित आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । तर फेब्रुअरी १२ मा सम्पन्न राष्ट्रिय निर्वाचनपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरिने अधिकारीले बताए ।

उनका अनुसार नयाँदिल्लीस्थित बांङ्लादेश उच्च आयोग तथा गुवाहाटी, अगरतला, मुम्बई र कोलकाताजस्ता सहरहरूमा रहेका बांङ्लादेशी नियोगहरूले पर्यटक भिसाबाहेक अन्य अधिकांश भिसा सेवा जारी राखेका थिए ।

औपचारिक रूपमा निलम्बन घोषणा नगरिए पनि सेवा सीमित गरिएको र अब सोमबारदेखि व्यापक रूपमा पुनः सुरु गरिने उनले स्पष्ट पारे ।

निर्वाचनको पूर्वसन्ध्यामा, जनवरी १५ देखि फेब्रुअरी १५ सम्म भारतस्थित सबै बांङ्लादेशी नियोगलाई पर्यटक भिसा सेवा निलम्बन गर्न निर्देशन दिइएको थियो । सो अवधिमा अत्यावश्यक श्रेणीका भिसा मात्र जारी गरिएका थिए ।

भारतबाहेक सुरक्षा कारण देखाउँदै नेपाल र भुटानजस्ता देशहरूका लागि पनि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । समीक्षा पश्चात् अब सबै प्रकारका भिसा सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए ।

यद्यपि बङ्गलादेशी नागरिकका लागि भारतीय पर्यटक भिसा सेवा भने अझै पनि पूर्ण रूपमा खुला भएको छैन । केही विशेष श्रेणीका भिसा मात्र जारी भइरहेका छन् ।

प्राध्यापक मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको अवधिमा भारत–बांङ्लादेश सम्बन्धमा केही तनाव देखिएको थियो । तर फेब्रुअरी १२ को निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानले नेतृत्व सम्हाल्नुभएपछि द्विपक्षीय सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ ।