२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका विष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौँलाई सम्बोधन गर्दै साधारण सदस्यबाट समेत अलग हुने गरी राजीनामा दिएका हुन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

राजीनामा पत्रमा विष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उल्लेख गरेका छन् ।

उनका अनुसार संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको तथा निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको छ। यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टी परित्यागको निर्णय गरेको उनले जनाएका छन्।

विष्ट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न इच्छुक थिए। तर रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका विष्टले तीन हजार ४०५ मत प्राप्त गरेका थिए ।