२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

अ+ अ-

काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा संकलनको काम आज सकिएको छ । 

उनले भने, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उनका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो ब्लकलाई  २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो । 

क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना सुरु गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । सो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक बनाएर गणना गरिएको थियो । सो ब्लकमा ३३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए। उनका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो । 

“अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ”, सूचना अधिकारी थापामगरले भने । हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए ।

गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।