२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’- म्याग्दीका ज्येष्ठ नागरिक

अ+ अ-

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो । यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ । सोही गाउँका बासिन्दा हुन् ८८ वर्षीय जगतबहादुर गुरुङ ।

गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीलाई निर्वाचनमा मत दिँदै आएका छन् । उनको गुनासो छ, “यतिका वर्षदेखि भोट हाल्दै आएँ, न गतिलो बाटोघाटो पाएँ, न पुल पुलेसा, न खानेपानी र सिँचाइको सुविधा । खोइ अब त भोट पनि किन हाल्ने हो र जस्तो लाग्न थालेको छ ।”

सोही गाउँकी ८६ वर्षीया सतदेवी गुरुङ भन्छन्, “छोरा नाति हुर्किएपछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ, न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ । सिंगा जान पुल छैन, बजार जान गतिलो मोटरबाटो छैन । चुनावको बेला कोको आउँछन्, यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन् । जितेपछि नाकमुखै देखाउँदैनन् ।”

बेनी नगरपालिका– २ बगरफाँटका ९२ वर्षीय वेदप्रसाद उपाध्यायले पनि भोट दिँदादिँदा थाकिसकेको तर नेताहरुले भनेजस्तो अझै नभएको बताउँछन् ।उपाध्याय भन्छन्, “पहिलाको तुलनामा विकास र सुविधा हुँदै नभएको त होइन, तर भनेजस्तो र जनताले चाहेजस्तो अझै हुन सकेको छैन ।”

म्याग्दीका ज्येष्ठ नागरिक मतदाताहरुका यी प्रतिनिधिमूलक भनाइबाट दशकौँदेखि विभिन्न पार्टीका उम्मेदवारलाई भोट हाल्दै आएको तर आफूले चाहेको विकास अझैसम्म पनि नदेखिएको गुनासो व्यक्त भएको छ । चुनाव प्रचारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवार तथा नेताहरुसँग भेट हुँदा उनीहरुले खुलेरै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

ज्येष्ठ मतदाताहरु भन्छन्, “हामीले जीवनभर भोट हाल्यौँ, तर सडक, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा अझै पनि अपूरा छन् । भोट हाल्दाहाल्दै बूढो भयौँ तर विकास भने देख्न पाएनौँ ।”

उनीहरुले विशेषगरी ग्रामीण भेगमा अझै पनि यातायात, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीको अवसर अभाव रहेको उल्लेख गर्दै नेताहरुलाई प्रश्न गरेका छन् । “हामीलाई चुनावमा सम्झिन्छन्, तर चुनाव सकिएपछि हाम्रो आवाज हराउँछ”, मङ्गला गाउँपालिका–५ का ७६ वर्षीय हरिकृष्ण पौडेलले भने ।

चुनाव प्रचारका क्रममा उम्मेदवारहरुले भने आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने आश्वासन दिएका छन् । उनीहरुले सडक विस्तार, रोजगारी, पर्यटन, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर, ज्येष्ठ नागरिकहरु भने यस्ता आश्वासन विगतमा पनि धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै आशंका व्यक्त गरे।

म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ मतदाताहरुको गुनासोले स्थानीय विकासको वास्तविक अवस्था उजागर गरेको छ । दशकौँदेखि लोकतान्त्रिक अभ्यासमा सक्रिय रहँदै आएका उहाँहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएको स्थानीय यादव रिजालले बताए ।

चुनावी माहोल तात्दै गर्दा ज्येष्ठ मतदाताहरुको आवाजले उम्मेदवारहरुलाई चुनौती दिएको छ । भोट मात्र होइन, अब परिणाम देखाउनुपर्ने समय आएको छ ।

मालिका गाउँपालिका–२ रुमका ७९ वर्षीय टेकबहादुर विक भन्छन्, “हामीले जीवनभर भोट हाल्यौँ । सडक अझै अधुरा छन्, अस्पतालमा औषधि छैन, छोराछोरी रोजगारीको खोजीमा विदेश जानुपरेको छ । भोट हाल्दाहाल्दै बूढा भयौँ तर विकास भने देख्न पाएका छैनौँ ।”

त्यस्तै, सोही स्थानकी ७० वर्षीया जमुना थापा भन्नुहुन्छ, “चुनाव आउँदा नेताहरु ढोग्छन्, हात समात्छन्, आशीर्वाद माग्छन् । तर चुनाव सकिएपछि हाम्रो गाउँमा फर्केर हेर्ने कोही हुँदैन ।” म्याग्दीमा उम्मेदवारहरुले रोजगारी, प्रविधि, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन् । जनभेटघाटमा उनीहरुले वृद्धवृद्धासँग आशीर्वाद लिने, हात समातेर केही पाइला हिँड्ने, परिवारको हालखबर सोध्नेजस्ता आत्मीय व्यवहार देखाइरहेका छन् । तर मतदाताहरुले यस्ता व्यवहारलाई चुनावी रणनीति मात्र ठानेका छन् ।

उम्मेदवारहरुले ग्रामीण सडक विस्तार, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर ज्येष्ठ नागरिकहरु विगतमा पनि यस्ता आश्वासन धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शङ्का व्यक्त गरिरहेका छन् । ज्येष्ठ मतदाताहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका छन् । उनीहरु भन्छन्, “हामीलाई भोट माग्न आउनुहोस्, तर चुनाव सकिएपछि पनि हाम्रो गाउँमा फर्केर हेर्नुहोस् । हामीलाई आधारभूत सुविधा दिनुहोस् ।”

ज्येष्ठ मतदाताहरुका यी गुनासाहरुलाई उम्मेदवारहरुले पनि गम्भीररुपमा लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ज्येष्ठ नागरिकहरुको चाहना पूरा गर्नेगरी काम गर्ने बताए। जनताले खोजेको सुशासन, रोजगारी र भ्रष्टाचारको अन्त्य नै आफ्नो मुख्य एजेण्डा भएको बताए । उनले भने, “उनीहरुको गुनासोलाई म आत्मसात गर्दै विभाजनको राजनीति होइन सबैलाई समेट्ने विकासको बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छु ।”

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दु:खमा सधैँभरि जनतासँगै रहेको बताउँदै जनताको चाहनाअनुसार नै आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे उनले भने, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो रूपमा उठाउनेछौँ ।”

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताए । उनले भने “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भने“जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । यस जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।