२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।

स्कटल्यान्डका लागि ओपनर मिचेल जोन्सले सर्वाधिक ७१ रन बनाए। उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। नेपालका लागि पहिलो विकेट रोहित पौडेलले लिए। उनले ९.६ ओभरमा जर्ज मुन्सेलाई सन्दीप जोराको हातमा क्याच गराए। मुन्सेले २९ बलमा ४ चौकासहित २७ रन बनाए।

१० ओभरको खेल सकिँदा स्कटल्यान्डले १ विकेटको क्षतिमा ८० रन बनाएको थियो। ११।६ ओभरमा स्कटल्यान्डले १०० रन पूरा गर्‍यो।

१३।१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए। ब्रान्डनले १६ रन बनाउँदा जीवनदान पाए। स्कटल्यान्डले दोस्रो विकेट ओपनर मिचेल जोन्सको गयो। १६ रनमा जीवनदान पाएका ब्रान्डन २५ रनमा १५.४ ओभरमा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए। १६ औं ओभरमा स्कटल्यान्डले २ जमेका ब्याटरको विकेट गुमायो।

नेपालका लागि सोमपाल कामीले १६ औं ओभरमा २ विकेट लिँदै स्कटल्यान्डलाई ब्याकफुटमा धकेलिदिएका हुन्। १६.५ ओभरमा कुशल भुर्तेलको बलिङमा चौका जोगाउन भागेका कप्तान रोहितकुमार पौडेल र गुल्सन झा बाउन्ड्रीमा जुध्न पुग्दा दुवै समस्यामा देखिए। उनीहरू दुवैलाई फिजियोथेरपिस्ट लोकेन्द्र कुवँरले प्राथमिक उपचार गरे। दुवै प्राथमिक उपचार पछि मैदानमा फर्किए।

१६.६ ओभरमा स्कटल्यान्डले चौथो विकेटको रूपमा रिची वेरिङ्टनको विकेट गुमायो। उनी कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातमा १० रन बनाउँदै क्याच भए। पाँचौं विकेट म्याथ्यु क्रस ४ रन बनाउँदै नन्दन यादवको बलमा बोल्ड भए।

स्कटल्यान्डले छैटौं विकेटको रूपमा १८.४ ओभरमा टम ब्रुसको विकेट गुमायो। उनले ६ बलमा ५ रन बनाउँदै सोमपाल कामीको बलमा बोल्ड हुन पुगे। सातौं विकेटको रूपमा माइकल लिस्क ४ रन बनाउँदै नन्दन यादवको बलमा आसिफ शेखको हातमा कटविहाइन्ड भए। मार्क वाट १० र ओलिभर डेभिसन १ रनमा अविजित रहे।

नेपालका लागि बलिसोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।