काठमाडौँ । दुर्गा प्रसाईँलाई अफवाह फैलाएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा थप अनुसन्धानको लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। प्रसाईँ जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णय अनुसार हिरासतमा राखिने भएका हुन्।
सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। उनमाथि २१ फागुनमा निर्वाचन नहुने भन्ने विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएको आरोप छ।
अदालतले दिएको हिरासत अनुमति अनुसार प्रसाईँलाई अनुसन्धान पूरा नभएसम्म चार दिन हिरासतमा राखिने छ। निर्वाचनको मिति घोषणा भएयता उनी तीन पटक पक्राउ परिसकेका छन्।







