२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

अ+ अ-

भक्तपुर । भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार लागुऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एउटा र आत्महत्याका दुई वटा मुद्दा दर्ता भएका उहाँले जानकारी दिए ।

उनका अनुसार विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको, फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । विभिन्न घटनामा रु ६७ लाख ४७ हजार ८० जरिवाना एवं बिगो संकलन गरिएको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित ३८ वर्षीया लालमाया तामाङको हत्याको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परी पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

उनका अनुसार मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित डेराकोठामा आफ्नै आमा ५० वर्षीया सरिता भण्डारीको हत्या अभियोगमा पक्राउ परेका सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने २७ वर्षीय प्रविन भण्डारीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

महिला हिंसाका घटनामा ३६ उजुरी परेकामा २६ वटा मिलापत्र गरिएको छ भने १० वटा अनुसन्धानका क्रममा रहेका, ३२ जना नागरिक हराएकामा २३ जना फेला परेका छन् । प्रहरीमा आएर विभिन्न घटनामा उजुरी दिनेमा १८३ जना रहेकामा १४७ को फछ्र्यौट गरिएको जनाउँदै उनले जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४३ उजुरीमध्ये ३७ वटाको फछ्र्यौट गरिएको बताए।

सवारी दुर्घटनातर्फ गत माघमा २२७ सवारीसाधन दुर्घटनामा ३४० वटा सवारीसाधनको संलग्नता रहेको जनाउँदै पाँच जनाको मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार ती घटनामा ११५ जना घाइते भएका छन् ।

विभिन्न दुर्घटनामा १०० को प्रहरीले उद्धार गरेको, सवारी चेकिङका क्रममा एक हजार ६०७ वटा सवारीसाधनलाई कारबाही गरेको र रु ११ लाख ४२ हजार २०० जरिवाना राजस्व संकलन गरेको उनले जानकारी दिए ।