काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजित सांस्कृतिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् ।
सो समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, संवैधानिक निकायका प्रमुख उपस्थित थिए ।
कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।
नेपाली सेनाले महाशिवरात्रिका दिन हिजो आफ्नो वार्षिकोत्सव मनाएको थियो ।







