काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ की उम्मेदवारले व्यवहारमा उतार्न नसकिने प्रतिबद्धता नदिने धारणा व्यक्त गरेकी छन्।
इटहरीमा आयोजित बुद्धिजीवीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना तयार गरिएको उल्लेख गर्दै सुनसरी-३ लाई देशकै नमुना क्षेत्रमध्ये एकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्।
अघिल्लो निर्वाचनमा विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरेपछि पछिल्लो तीन वर्षमा आफ्ना पहलमा विभिन्न विकास आयोजना क्षेत्रमा ल्याइएको दाबी उनले गरिन्।
युवालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले घरमै बसेर आम्दानी गर्न सकिने अवसर सिर्जना गर्ने योजनाअन्तर्गत करिब पाँच हजार युवालाई रोजगारी उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिइन्। साथै विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरिन्।
स्थानीय आवश्यकता र उपलब्ध स्रोतको यथार्थ मूल्यांकनका आधारमा विकास कार्यक्रम अघि बढाउने नीति अवलम्बन गरिने उनको भनाइ छ।







