२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकै लामो मानिने मिथिला मध्यमा परिक्रमा बिहारी नगरपालिकाबाट सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ सहित देश-विदेशका श्रद्धालु सहभागी हुने विश्वकै लामो मानिने धार्मिक पदयात्रा ‘मिथिला मध्यमा परिक्रमा’ मधेश प्रदेशअन्तर्गत मिथिला बिहारी नगरपालिकाको कचुरी क्षेत्रबाट सोमबारदेखि प्रारम्भ भएको छ।

धार्मिक-सांस्कृतिक परम्परासँग जोडिएको १५ दिने यस पदयात्रा प्रत्येक वर्ष फाल्गुन औँसीदेखि पूर्णिमासम्म सञ्चालन हुने परम्परा रहेको छ। धनुषास्थित मिथिला बिहारी मठबाट भगवान् राम-जानकीको डोला निकालिएसँगै यात्राको सुरुआत गरिएको स्थानीय प्रशासनले जनाएको छ।

नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिने यो परिक्रमा धनुषा जिल्ला, महोत्तरी जिल्ला तथा भारतको बिहार राज्यअन्तर्गत पर्ने विभिन्न धार्मिक र ऐतिहासिक स्थलहरू समेट्दै करिब १२० किलोमिटर दूरी पार गर्ने कार्यक्रम छ। कुल दूरीमध्ये करिब ९० किलोमिटर नेपाल र बाँकी ३० किलोमिटर भारततर्फ पर्ने बताइएको छ।

धार्मिक ग्रन्थ मिथिला माहात्म्यका सन्दर्भहरूका आधारमा मध्य मिथिला परिक्रमा १८औँ शताब्दीभन्दा अघिदेखि नै प्रचलनमा रहेको मानिन्छ। विष्णु पुराणअन्तर्गत उल्लेखित उक्त ग्रन्थमा मिथिला क्षेत्रका तीन प्रकारका परिक्रमा परम्पराको चर्चा पाइन्छ। बृहत् परिक्रमा भने विरलै साधु–सन्तहरूले मात्र गर्ने परम्परा रहेको जानकारहरू बताउँछन्, जसको क्षेत्रफल भारतको पटना नजिकको गंगा नदी किनारबाट सुरु भई नेपालको धौलागिरि पर्वत, हिमालय क्षेत्र हुँदै कोशी नदी सम्म फैलिएको उल्लेख छ।

कल्याणेश्वर क्षेत्रबाट सुरु भई पुनः त्यहीँ पुगेर सम्पन्न हुने परिक्रमा ‘मध्यमा परिक्रमा’का रूपमा चिनिन्छ भने जनकपुर आसपास केन्द्रित परिक्रमा ‘लघु’ अथवा ‘अन्तरगृह परिक्रमा’ नामले परिचित छ।

परम्पराअनुसार यात्राका क्रममा तोकिएका प्रत्येक विश्रामस्थलमा मिथिला माहात्म्यसम्बन्धी कथा वाचन गर्ने चलन कायम रहेको आयोजक पक्षले जनाएको छ। प्रशासनिक निकायहरूले यात्राको व्यवस्थापन, सुरक्षा तथा आवागमन सहजीकरणका लागि आवश्यक समन्वय गरिएको जानकारी दिएका छन्।