काठमाडौँ । क्यानडाले टी-२० विश्वकप २०२६ मा युएईसामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । त्यस क्रममा उसले ७ विकेट गुमाएर १ सय ५० रन बनाएको हो । युएईले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
त्यसमा हर्ष थाकरले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै नवनीत धालिवालले ३४ रन बनाए ।
दुवै टिम पहिलो जितको खोजीमा छन् । क्यानडा र युएई आफ्नो पहिलो खेलमा पराजित रहेका थिए ।







