२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभी संक्रमितमा यौनरोगको समस्या

अ+ अ-

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ ।

 एचआइभी संक्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।

दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए। 

उनका अनुसार यौन रोग संक्रमितमध्ये ३२ जना रोजगारीका लागि विदेश गएर फर्किएका रहेका छन् । यस्तै, यौन व्यवसायमा लागेका छ जना, उनीहरू साथी २२ जना, तेस्रो लिंगी ११ जना र अन्य ३१ जना रहेका छन् ।

सेन्टर प्रमुख सापकोटाले यौन रोगमा सबैभन्दा धेरै ८८ जनामा भिरिंगीको संक्रमण देखिएको बताए। अन्य यौन रोगमा भेरिना, पाठेघरको संक्रमण एवं ढुसीजन्य सङ्क्रमण देखिएको पाइएको उनले जानकारी दिए। 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको सङ्क्रमण बढेको पाइएकाले सतर्कता अपनाउन आग्रह गरे । उनले सुरक्षित यौन सम्पर्क गर्न र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए।