२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने 

अ+ अ-

दमौली (तनहुँ) । तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । 

दुई हजार ६२५ जना किशोरीलाई एचपिभी खोप लगाइने दवाडीले बताए। हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा, हाल विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने हाल ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको दवाडीले बताए । गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो । 

व्यास नगरपालिकाका ७७६, भानु नगरपालिकाका २४४, शुक्लागण्डकी नगरपालिकाका ४६३, भिमाद नगरपालिकाका २५८, म्याग्दे गाउँपालिकाका १३६, घिरिङ गाउँपालिकाका १०२, ऋषिङ गाउँपालिकाका ११७, देवघाट गाउँपालिकाका ११८, बन्दीपुर गाउँपालिकाका १६६, आँबुखैरेनी गाउँपालिकाका २४५ किशोरीलाई खोप लगाइने दवाडीले बताए । 

व्यास नगरपालिकामा २३, भानु नगरपालिकामा १३, शुक्लागण्डकी नगरपालिकामा २३, भिमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा ११, घिरिङ गाउँपालिकामा आठ, ऋषिङ गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा छ स्वास्थ्यकर्मी परिचालन गरिनेछ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ । 

हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने जनाइएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् ।