काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालले पाँचौँ ओभरमा दोस्रो सफलता पाएको छ ।
आइतबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ४.३ ओभरमा ओपनर जस बटलरलाई दोस्रो विकेटका रूपमा गुमाएको हो । नेपालका नन्दन यादवले बटलरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।







