२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० वर्षभन्दा माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

अ+ अ-

धुलिखेल । जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ रु’ भन्ने कार्यक्रमअन्तर्गत आजदेखि बुधबारदेखि अभियान सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी २८ गतेसम्म ४१ वटा केन्द्रबाट समुदायस्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने बताए।

“समुदायमा लुकेर रहेका र स्वास्थ्य उपचारको दायरामा नआएका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने काम गरिरहेका छौँ,” उनले भने, “त्यससँगै मिर्गौलामा देखिएको समस्या समयमा नै पहिचान गरी उपचारका लागि प्रेषण गर्ने र स्वास्थ्यकर खानपान तथा नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।”

हाल यहाँका नागरिकको उच्च रक्तचापको नियमित परीक्षण गरी समस्या देखिएका व्यक्तिहरूले औषधि सेवन गरिरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले बताए। उनका अनुसार १६ जना सुगरका बिरामी नियमित उपचारमा छन् । परीक्षणमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको कार्य परीक्षण र शरीरको उचाइअनुसार तौल अनुपातको परीक्षण सेवाहरू दिइरहेको उनले बताए।

बनखु स्वास्थ्य चौकीमा भएको परीक्षणको पहिलो दिन १४१ जनाले सेवा लिएका छन् । यस्तै, नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यको ठूलो रकम खर्च भइरहेकाले रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने ध्येयले पालिकाले स्वास्थ्य परीक्षण सेवालाई नियमित बनाउन परामर्श सेवासमेत दिइरहेको छ ।

नि:शुल्क स्वास्थ्य परीक्षणअन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ९०७ जनामा नसर्ने रोगको परीक्षण गरिएको थियो । तीमध्ये १४१ जनाले नसर्ने रोगको औषधि सेवन गरिरहेको र गाउँपालिकाले नि:शुल्क उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।