२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खनालको दाबी  

अ+ अ-

काठमाडौँ। नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन्। 

निर्वाचनको तयारीका बारेमा जानकारी लिन बुधबार साँझ म्याग्दी पुगेका अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा भएको छलफलमा सो कुरा बताएका हुन्। 

मन्त्री खनाललाई बेनीमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए। 

निर्वाचन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गौतमले जिल्लामा हालसम्म भएको निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए । 

अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा, जिल्ला निर्वाचन अधिकारी गौतमलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा छलफल गरेका छन्। 

छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएकाले त्यही अनुसार परिचालन हुन निर्देशन दिए। उनले सरकारले आगामी फागुन २१ गते नै सबै निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने तयारी गरेको बताए।

छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्न सबैको सहयोगको आवश्यकता रहेको बताए। उनले जिल्लामा सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन समेत दिए। 

अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको अवस्था, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन सामग्री लगायतका बारेमा जानकारी लिएका छन्। 

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरण जिल्लामा शान्तिपूर्ण रूपमा पूरा भइसकेको निर्वाचन अधिकारी गौतमले जानकारी गराएका थिए। उनले निर्वाचन आचारसंहिताको पालना भए नभएको नियमित रूपमा अनुगमन भएको बताए ।