२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीबाट बागलुङ पठाइयो एक सय निर्वाचन प्रहरी 

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । 

बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको हो । दुई सय १२ जना निर्वाचन प्रहरी माग गरेकोमा मंगलबार बिहानसम्म १०२ जना सम्पर्कमा आएका बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । 

म्याग्दीबाट गएकासहित एक हजार २४० जनालाई तालिम दिन सुरु गरेको उनले बताए । तीन पटक म्याद थप्दासमेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ लगिएको हो । निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८६१ निर्वाचन प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । उनीहरूका लागि बेनीको खुला मञ्च खेल मैदान र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा १० दिने तालिम सञ्चालन भएको छ । 

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अतिसंवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताएका छन् ।