२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आर्थिक गणनाका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया गरिएको थियो । 

उद्योगी व्यवसायीहरूसँग गरिएको अन्तर्क्रियामा सहभागी उद्योगी व्यवसायीहरूले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए । नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो । 

अन्तर्क्रियामा  महासंघका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्यांक उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताए ।  

तथ्यांक कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्यांक संकलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए। 

राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणना आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो । कार्यक्रममा तथ्यांक कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतीकरण गरेका थिए ।