२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

अ+ अ-

भोजपुर । जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै संकट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्तत: बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर–६ का किसान आछामेले बताए । 

“राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,”उनले भने, “बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।”

यहाँ उत्पादन भएको सुन्तलाले किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर पछिल्लो समय रोग र व्यवस्थापनको समस्याले सुन्तला खेती संकटमा पर्दै गएपछि किसान चिन्तित बनेका छन् । किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउन दीर्घकालीन योजनाको माग गरेका छन् ।