२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

अ+ अ-

देवदह (रुपन्देही) । चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार संगठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सचिन रोक्काले बताए । उनले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिए । 

अध्यक्ष रोक्काले चेम्बरले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जानकारी दिए। संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ सोल्जर लाइट र १५ थान ज्याकेट प्रदान गरिएको जानकारी दिए । उनले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिई उक्त सामग्री प्रदान गरिएको जानकारी दिए। आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहुमूल्य सामग्री’ रहेको बताइन् । उनले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गरिन् । 

चेम्बर अफ कमशका महासचिव लक्ष्मी अधिकारीका अनुसार १९औँ स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ । 

वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम र स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिइन् ।