२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व संकलन भएन

अ+ अ-

घोराही (दाङ) । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको हो ।

दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा रु आठ लाख ७३ हजार ६३८ कम राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म रु ८४ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ संकलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९।७२३ प्रतिशत हो । 

कार्यालयले साउनमा रु १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख ९० हजार ९७४ संकलन गरेको छ । यसैगरी भदौमा रु १४ लाख ९८ संकलन गर्ने लक्ष्य लिएकामा रु छ लाख ६८ हजार ६४९ राजस्व संकलन भएको छ ।

असोजमा रु १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख चार हजार ५५१ संकलन भएको छ । त्यसैगरी, कात्तिकमा रु १५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख ६३ हजार ८३० संकलन भएको छ ।

मङ्सिर महिनामा रु १३ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ८६ हजार २९५ संकलन भएको छ । पुसमा रु १३ लाख ४० हजार संकलन गर्ने लक्ष्य लिएकामा रु ३३ लाख नौ हजार ६३ संकलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ । अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्‍याउने भन्दै आश्वासन दिन थालेका हुन् ।