२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफू प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित नरहेको ‘प्रचण्ड’को प्रष्टीकरण

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित नरहेको बताएका छन्।

सोलु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन केन्द्रित कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन्।

सञ्चारकर्मीहरूले पुनः प्रधानमन्त्री बन्ने तयारीबारे प्रश्न गर्दा दाहालले त्यसतर्फ आफ्नो ध्यान नरहेको जवाफ दिएका थिए। पछिल्लो समय विभिन्न राजनीतिक दलले भावी प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार अघि सारेको सन्दर्भमा उनले आफू त्यस्तो प्रतिस्पर्धामा संलग्न नभएको संकेत गरेका छन्।

हाल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसले सभापति गगन थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गरिएको छ।

दाहालले पार्टी एकताको विषयमा समेत आफ्नो धारणा व्यक्त गर्दै विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकता निरन्तर रहने बताएका छन्। सबै दल एकै स्थानमा नआउँदासम्म एकताको प्रयास जारी रहने उल्लेख गर्दै उनले राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।