२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

अ+ अ-

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ ।

नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको खेल साँझ सवा ६ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ ।

भारत आउनुअघि नेपाली टोलीले श्रीलंकामा गएर श्रीलंका ‘ए’सँग तीन अभ्यास खेल खेलेको थियो । तीन खेलमध्ये पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा विजयी भएको थियो ।

आजको खेलपछि नेपालले एमसीए प्रेसिडेन्ट ११ सँग शनिबार दोस्रो अभ्यास खेल खेल्ने छ । त्यसपछि नेपालले विश्वकपमा समूह चरणका खेल खेल्नुअघि युएई र क्यानडासँग वार्म अप खेल पनि खेल्ने छ ।

नेपालले युएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने छ । युएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ देखि खेल सुरु हुनेछ भने क्यानडासँग फेब्रुअरी ५ को दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रंगशालामा हुनेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदै छ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।