२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत् सुविधाबाट वञ्जित भएका हुन् । 

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत् अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरूलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गरे । 

मोबाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत् उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत् भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरीङ गर्न बेवास्ता गरेका थिए । 

केन्द्रिय लाइनको विद्युत् पुगिसकेकाले लघुजलविद्युत परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यविधिले नदिने भएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरी विद्युत् विस्तारमा पहल गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 

दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दीर्घकालीन समस्या समाधानका लागि केन्द्रिय प्रसारण लाइनको विद्युत् जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताए। गत जेठमै केन्द्रिय लाइन पुगे पनि खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन ।