२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँचीमा एचआइभी संक्रमणबाट ३५ जनाले ज्यान गुमाए

अ+ अ-

काठमाडौँ । अर्घाखाँची जिल्लामा एचआइभी संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भइसकेको तथ्य सार्वजनिक भएको छ। सरोकारवाला निकायका अनुसार संक्रमणबारे जानकारी बढे पनि संक्रमितप्रति समाजको व्यवहारमा अपेक्षित सुधार आउन सकेको छैन।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयोजनमा सन्धिखर्कमा आयोजित एचआईभीसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले एचआईभीलाई स्वास्थ्य समस्याभन्दा सामाजिक दोषका रूपमा बुझ्ने सोच अझै कायम रहेको उल्लेख गरेका छन्। सो प्रवृत्तिले संक्रमित व्यक्तिको दैनिकी, आत्मसम्मान र उपचार प्रक्रियामा नकारात्मक प्रभाव पारिरहेको बताइएको छ।

जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा जोखिम समूहलाई लक्षित गरी आयोजित कार्यक्रममा सहभागीहरूले एचआईभीबारे कानुनी, चिकित्सकीय र सामाजिक पक्षमा जानकारी भए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनीहरूका अनुसार लाञ्छना र भेदभावका कारण संक्रमितहरू समाजबाट अलग्गिन बाध्य हुने अवस्था सिर्जना भइरहेको छ।

कार्यक्रममा सन्देश समूहकी प्रतिनिधि पार्वता केसीले प्रस्तुत गरेको तथ्यांक अनुसार अर्घाखाँचीमा हाल १ सय ४९ जना एचआइभी संक्रमित व्यक्ति जीवित रहेका छन्। तीमध्ये ७६ जना पुरुष, ७३ जना महिला र ७ जना बालबालिका रहेका छन्। उनले परिवार, समुदाय र कार्यस्थलमै संक्रमितले भोग्नुपरेको विभेद अझै अन्त्य हुन नसकेको जानकारी दिइन्।

उनका अनुसार गोपनीयता उल्लंघन, सार्वजनिक रूपमा अपमान तथा सामाजिक क्रियाकलापबाट बहिष्कार जस्ता व्यवहारका कारण संक्रमितहरू मानसिक दबाबमा पर्ने गरेका छन्। यसले उनीहरूको नियमित उपचार र स्वास्थ्य सेवामा पहुँचमा समेत असर पुर्‍याउने गरेको उल्लेख गरिएको छ।

कार्यक्रममा एड्स हेल्थ केयर सेन्टर बुटवलका कार्यक्रम संयोजक धर्मराज भट्टराईले एचआईभीसम्बन्धी लाञ्छना र भेदभावका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै संक्रमण सर्ने र नसर्ने विषयमा समाजमा अझै व्यापक भ्रम रहेको बताए। उनले यस्ता भ्रम हटाउन निरन्तर सचेतना र संस्थागत प्रयास आवश्यक रहेको धारणा राखेका छन्।