२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव

अ+ अ-

महोत्तरी । मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठातृ सरस्वतीको पूजनोत्सव वसन्तपञ्चमी पर्वकै दिन आज कृषि नववर्ष उत्सव मनाउने परम्परा छ । 

चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीका दिन मिथिलामा कृषि नववर्ष मनाइने पुरानो प्रचलन अद्यापि कायम छ ।

मिथिला मुख्यतः कृषि कर्मको थलो मानिन्छ । यहाँका अधिकांश धार्मिक तथा सांस्कृतिक पर्व कृषिसँग जोडिएका छन् । श्रीपञ्चमी कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । 

“श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्”, जलेश्वर–५ का बासिन्दा तथा मिथिला संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ । “यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया उभार्ने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार  चयन गर्छन् ।”

श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराइ दक्षिणा दिने चलन रहेको अवकाशप्राप्त सहप्राध्यापक राय बताउछन् ।

आजै किसानले खेतबारी जोत्ने परम्परा  छ । खेत जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुन्छ, जलेश्वर–४ सुगाभवानीपट्टीका ८५ वर्षीय कृष्णचन्द्र झा बताउछन् । यस दिन खेत जोतेपछि वर्षभरि कृषि कर्मको प्रतिफल पाइने जनविश्वास रहेको पूर्वप्रशासक झा बताउछन् । मिथिलामा यस दिन हलो, कुटोकोदालोसहितका कृषि ज्यावल धोइपखाली पूजा गर्ने चलन रहेको झा सम्झन्छन् । कृषि ज्यावलको पूजा गरिँदा यी सामान टिकाउ हुने र शुभ फलदायक हुने माथिलावासीको विश्वास रहेको उनी बताउछन् । 

आजैदेखि वसन्त ऋतु सुरु हुने, ठन्डी घट्ने र दिन लामा हुने भएकाले मौसमी परिवर्तनले चैती फसल–गहुँ, चना, मुसुरो, रहरी र सस्र्यूँलाई अनुकूलता हुने किसानको  विश्वास छ । आजै बालीको बीउका लागि उन्नत दाना छान्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने परम्परा रहेको गौशाला–१० बटुवाका ७५ वर्षीय किसान लक्ष्मीप्रसादसिंह कुशवाहा बताउछन् । यसै दिन शुद्धीकरण गरिएको बीउलाई धूप–आरती देखाउने चलन रहेको उनी बताउछन् ।  गोबरको भकारो पनि आजैदेखि व्यवस्थापन गर्ने प्रचलन रहेको उनको भनाइ छ ।

आज कृषि नववर्ष मानिने परम्परामा कृषि श्रमिकको छनोट र वरण नपाइएको कैयौँ वर्ष भइसकेको भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान गोविन्दलाल थारु बताउछन् । कृषि कर्मका युवा श्रमिक कामका लागि भारतको हरियाणा र पञ्जाब जाने प्रवृत्तिले यहाँ जनशक्तिको प्राप्ति कठिन भएको उनको अनुभव छ । यसबाहेक तीनै तहका सरकारबाट वास्तविक किसानले कृषिसम्बद्ध सुविधा र सहुलियत नपाउँदा परम्परा धान्न कठिन भएको उनको भनाइ छ ।