काठमाडौँ । नेपाली काँग्रेसले पार्टी एकताको पक्षमा उभिन अपिल गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्याएको योगदान उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको बताए।







