२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका बालबालिकालाई सामग्री उपलब्ध गराएको हो । 

नगरपालिकाका १२ वडामध्ये आठ वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री वितरण गरिएको हो । 

बालबालिकालाई जाडोबाट जोगिन ज्याकेट, स्विटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दीलगायत सामग्री वितरण गरिएको हो । नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० बालबालिकालाई सामग्री वितरण गरिएको छ ।

सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख पन्तले बढ्दो शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोग महत्त्वपूर्ण भएको बताए । सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेकामा यो सहयोगले यसलाई कम गर्ने विश्वास व्यक्त गरे ।