२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

अ+ अ-

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष,  ७७ हजार ३८३ महिला र दुई तेस्रोलिंगी रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । यसअघिको निर्वाचनमा  एक लाख ५० हजार १५६ मतदाता थिए ।

निर्वाचनका लागि बैतडीमा पाँच मतदान केन्द्र थपिएका छन् । सूचना अधिकारी दयालका अनुसार सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशिला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपुर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २१४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदान स्थल भने साबिककै १२९ नै कायम रहेका छन् ।

यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिको विवरण सङ्कलन भइरहेको छ । यसैबीच, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरेको छ । 

 निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ । निर्वाचन कार्यालयले आन्तरिक तयारी गर्दा विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवार निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका हुन् ।