२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

अ+ अ-

कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए । उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।

नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्यांक (रियल टाइम डाटा) संकलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए । “यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ”, उनले भने ।

सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए । “अहिले प्रविधि जडान मात्रै गरिएको छ”, उनले भने, “यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनु अगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।”

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए। यस कार्यले स्थानीय समुदायलाई बाढीबाट हुनसक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।