२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा क्षति पुर्‍याइएका सवारीलाई कर छुट दिने निर्णय

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेन जेड आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो ।

जेन जेड आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् ।

सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर र नवीकरण दस्तुरका साथै जाँच पास र बाटो इजाजत पत्र, नवीकरण दस्तुर समेत मिनाहा गरिएको छ ।

प्रदेश सरकारले दिएको सुविधा लिनका लागि सवारी धनीले प्रहरी मुचुल्कासहित पूर्ण क्षति भएको दुष्ट्याइँ गर्ने आवश्यक कागजात पेस गर्नुपर्ने छ ।

जेन जेड आन्दोलनका कारण यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधनले आगामी माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने जरिवाना तथा थप जरिवाना छुट पाउने छन् ।