२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैन’: सभामुख यादव

अ+ अ-

धनुषा । मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

आज जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पुर्‍याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले प्रदेशको आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गरे।

मधेस प्रदेश प्रमुख सुरेश झाले यो प्रदेश देवभूमि र शिक्षाका लागि विगतदेखि महत्त्वपूर्ण मानिए पनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर बन्दै गएको धारणा राखे । उनले समग्र प्रदेश र देशको विकासका लागि शिक्षामा सबैको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै यसका लागि सरकारी, गैरसरकारी तथा सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताए ।

सो विद्यालयका संस्थापक रमेश साहले विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । सोही अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्र साह, वरिष्ठ पत्रकार कमल साह, श्रीनरायन साहलगायत वक्ताले शिक्षाको महत्त्वका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।