काठमाडौँ । नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रस्तुत गर्ने ‘बाटिक सो द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ ।
कार्यक्रममा नेपालका चर्चित मोडल नीति शाह, सनिशा भट्टराई, प्रेमा लाम्गादेसहित अन्य धेरै सेलिब्रेटी व्यक्तित्वले र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए । बाटिकका रंगीन र जटिल डिजाइनले सजिएका पहिरनले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । स्टाइलमा प्रस्तुत गरेको थियो ।











