२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन

अ+ अ-

काठमाडौँ । कवयित्री शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ शीर्षक गजल सङ्ग्रह शनिबार विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटी नजिकको शिव पाञ्चायन मन्दिर परिसरमा अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाका अवसरमा उक्त गजल सङ्ग्रह सार्वजनिक गरिएको हो।

सोही अवसरमा यस वर्षको बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार इलामका गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’लाई प्रदान गरिएको छ। कार्यक्रमसँगै नियमित कवि गोष्ठी पनि सम्पन्न भएको आयोजकले जनाएको छ।

अभिनव साहित्य समाजका सचिव परशुराम परासरले ‘रहर जिन्दगीको’ गजल सङ्ग्रहबारे टिप्पणी गर्दै गजल बहरमा लेखिने र गेयात्मक विधा भएकाले सहज रूपमा गाउन सकिने बताए। उनले सङ्ग्रहमा शृङ्गारिक विषय मात्र नभई राजनीतिक झुट, संसदीय गतिविधि, नारीवादी चेत, सामाजिक यथार्थ तथा समसामयिक विषयवस्तु समेटिएका गजलहरू समावेश गरिएको जानकारी दिए।

गजलकार शर्मिला तिमल्सिनाले मातापिता, गुरु, अग्रज तथा अनुजको प्रेरणाले आफ्नो गजल लेखन यात्रा अघि बढेको बताइन्। विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तुमा आधारित ८५ वटा गजल समेटिएको यो सङ्ग्रह आफूले गजल लेखनमा बामे सर्ने क्रममा सिर्जना गरेका रचनाहरूको सङ्ग्रह भएको उनको भनाइ थियो। वि.सं. २०६० फागुन १८ गते सोमबार गोरखापत्रमा ‘धादिङकी पिण्डेश्वरीदेवी’ शीर्षकमा आफ्नो पहिलो लेख प्रकाशित भएपछि साहित्यमा थप ऊर्जा प्राप्त भएको तिमल्सिनाले बताइन्।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्य समाज परिवर्तनको महत्वपूर्ण साधन भएको उल्लेख गर्दै साहित्यकारहरू समाजका मार्गदर्शक हुने बताए। साहित्यिक क्षेत्रमा समयअनुसार परिवर्तन देखिए पनि पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रभाव बढ्दै गएको उनको भनाइ थियो। “देश कुन दिशातिर गइरहेको छ भन्ने स्पष्ट छैन, त्यसैले साहित्यमार्फत सर्जकहरूले देशलाई सही दिशातर्फ लैजान भूमिका खेल्नुपर्छ,” दाहालले धारणा व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्दै संस्था निरन्तर अघि बढिरहेको बताए। सोही क्रममा बद्रीनाथ छन्दोबद्ध कविता साधक पुरस्कार गङ्गाप्रसाद अधिकारीलाई प्रदान गरिएको जानकारी उनले दिए।

कार्यक्रमस्थलमै बिहान ११ बजेदेखि छन्द कविता लेखन तथा वाचन प्रशिक्षणमा सहभागी शिक्षकहरूबीच छन्द कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट पाँच जनालाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल, ध्रुव गजुरेल, बासु पौडेल, मेनुका आचार्यलगायतका सर्जकहरूले कवि गोष्ठीमा आ–आफ्ना रचना वाचन गरेका थिए।