२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालय र साथसाथै फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा. वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक-आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउण्डेशनसँगको सहकार्य अत्यन्त महत्वपूर्ण भएको बताए । उनले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पाए । 

स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने बताए । 

साथसाथै फाउण्डेशनका उपाध्यक्ष डा. सिद्धार्थ बज्र बज्राचार्यले आफूहरूले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरूको बारेमा प्रकाश पारे । 

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आफूहरूले विशेष गरी जलवायु न्यायका स्थानीय विषयलाई अन्तरराष्ट्रिय फोरममा उठाएको उल्लेख गरिन् । साथसाथै फाउण्डेशनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेण्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ । 

अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनको बीचमा कोप-२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई  निरन्तरता दिइने बताइन्।