२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस

अ+ अ-

नवलपुर (नवलपरासी  । बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बीचबाट काटेपछि साविकको मतदानस्थलमा जान करिब छ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बीचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा एक सय १४ मतदानस्थलमा तीन सय तीन मतदान केन्द्र हुने जानकारी दिए। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको सङ्ख्या उल्लेख्य रहेको शर्माले बताए।

“सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तीन हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ”, उनले भने, “यसपटक नाम दर्ता गराउनेमा अधिकांश जेन जेड उमेर समूहका युवा रहनुभएको छ ।” उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा दुई लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए । 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए । जिल्लामा दुई वटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट नेपाली काँग्रेसका वरिष्ठ नेता प्रा. डा.शशांककोइराला र क्षेत्र नं २ बाट नेपाली काँग्रेसकै नेता विष्णु कार्की निर्वाचित एका थिए ।