काठमाडौँ । प्रहरीले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
चौधरीको अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो । सँगै रहेको बेबीशपमा लागेको आगोपछि शान्ताको पसलमा सल्किएको थियो ।
प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवर दीपक कँडेलले पसलमा आगो लगाएको खुलेको छ । कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।
आगजनीबाट शान्ताको अचार पसलमा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।







