काठमाडौँ। सिंहदरवार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मूल गेटबाटै पास दिने गरिएको थियो ।
मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो ।
आवश्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
२६ कात्तिक गतेदेखि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको हो ।







