२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेका नेपालीलाई भोटिङ अधिकार दिन पूर्वप्रमुख आयुक्तहरूको सुझाव

अ+ अ-

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाएका छन् ।

निर्वाचन आयोगका अधिकारीहरूसँग भएको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वनिर्वाचन आयुक्त एवम् पूर्वसचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो ।

छलफलमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय  सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त डा। रामभक्त पीबी ठाकुर थिए । निर्वाचन आयोगका पूर्व सचिवहरू मधुप्रसाद रेग्मी, रविलाल पन्थ, सुरेश अधिकारी र भरतमणि सुवेदीको पनि सहभागिता रहेको थियो  ।

जहाँ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय उठेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने बताए ।

बरु २१ फागुनको चुनाव सारेर वैशाखमा निर्वाचन गर्न सकिने उल्लेख गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार भने दिनुपर्ने बताए । विदेशमा रहेकालाई भोटिङ अधिकार दिन अनलाइन भोटिङमा जानुपर्ने पनि उनीहरूको सुझाव छ ।

छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

साथै उनले युवा पुस्ताको आन्दोलनको माग बमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने तथा राजनीतिक दलहरूको माग बमोजिम जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन भएको धारणा राखे ।

नेपालको संविधान र मौजुदा कानुन बमोजिम तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व रहेको स्मरण गरे ।