२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र अपरेटर हरिचन्द्र बिस्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतीको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मुल्यांकन समितिका सदस्य प्रोजेक्टका इन्जिनियर शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको मुद्दा आज विशेष अदालतमा दायर भएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा वडा नम्बर ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि ठेक्का बोलपत्र आह्वान गरी औपचारिकता मात्रै निभाइ मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई उक्त काम जिम्मा दिई भुक्तानीमा आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

मोटरबाटो निर्माणका नाममा ५५ लाख ८९ हजार ६३ रकम गैरकानुनी लाभ र संस्थालाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने बदनियतले कार्य गरेको देखिएबाट उक्त कार्य कसूरमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रतिवादीहरूउपर सजाय र सोही मूल्य बराबरको बिगो मागदावी गरिएको आरोप-पत्रमा उल्लेख छ।