काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर कानुनी परामर्शमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरू कानुनी परामर्शमा जुटेका हुन्।
आनन्द ईभेन्स भिमसेनगोलामा केही बेरमा अन्तरक्रिया सुरु हुँदैछ। काँग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर पार्टीमा बुझाइसकेका छन्। तर संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमाथि नै प्रश्न उठाएपछि महामन्त्री थापा पक्षले कानुनी परामर्श थालेको हो।
संस्थापन पक्ष फागुन २१ को चुनावअघि नियमित र विशेष कुनै महाधिवेशन सम्भव नहुने अडानमा छ। यसबारेमा काँग्रेसको जारी बैठकमा चर्को विवाद छ।
पुस २९ भित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वयको अडान छ। त्यसमा इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ।







