२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८–१९ पुस तोकिएको छ ।

रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी तोकेको थियो ।

सहमहामन्त्री आचार्यले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि कानुनी प्रावधान सहित पार्टीले मापदण्डहरू तय गरेको जानकारी गराएका छन् ।

उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको सहमहामन्त्री आचार्यले जानकारी गराएका छन् ।

समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको छ ।

रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका आवेदकका लागि २५ हजार रुपैयाँ तय गरेको थियो । जेन जेड विद्रोहसँगै प्रतिनिधिसभा विघटन भएपछि रुपन्देही–३ मा उपनिर्वाचन भने हुन सकेन ।

रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय लिएको छ ।

उम्मेदवार हुन इच्छुकले अनलाइन वा भौतिक रूपमा फर्म भरेर आवेदन पेस गर्न सकिने रास्वपाले जनाएको छ ।

उम्मेदवार छनोट गर्दा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतको विधि अवलम्बन गरिने रास्वपाले जनाएको छ ।

आवेदनका लागि अन्तिम मिति पार्टीको बैठकले निर्णय गर्ने आचार्यले जानकारी गराएका छन् ।