२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन-जेन जेड फ्रन्ट घोषणा

अ+ अ-

काठमाडौँ। ८ वटा कम्युनिस्ट पार्टीहरू एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको युवा संगठन नेपाली कम्युनिस्ट पार्टी-जेन जेड फ्रन्ट घोषणा गरिएको छ ।

जनकपुरमा पत्रकार सम्मेलन गरी श्याम साहको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी-जेन जेड फ्रन्टको घोषणा गरिएको हो । उसले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको प्रस्तावनामा फ्रन्टले आफ्ना प्रमुख उद्देश्य, नीति र सिद्धान्त स्पष्ट रूपमा निर्धारण गरेको छ। त्यसअनुसार, नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्दै कम्युनिस्ट आन्दोलनलाई आधुनिक युगको राजनीतिक सोच र प्रविधिसँग जोड्ने उल्लेख गरिएको छ।

प्रस्तावनाले समाजवाद, जनसत्ता र वर्गीय समानताको स्थापनाका लागि वैज्ञानिक र व्यवहारिक दृष्टिकोण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ। फ्रन्टको नीति दस्तावेजमा युवा पुस्तालाई राजनीतिक चेतना, अध्ययन, अनुशासन र नेतृत्वमा प्रशिक्षित गर्दै भावी वैचारिक अग्रणीका रूपमा तयार पार्ने लक्ष्यसमेत उल्लेख छ ।

कार्यक्रममा बोल्दै संयोजक साहले नयाँ पुस्ताको दृष्टिकोण, सोच र संघर्षलाई कम्युनिस्ट आन्दोलनसँग जोड्दै समाजवादी रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताएका छन्।