काठमाडौँ । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ ।
सर्ट लिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइको समय पारेर समितिले शनिबार कार्यालयमा धर्ना दिएको हो ।धर्नाको क्रममा प्रहरीसँग धकला-धकेलसमेत भएको थियो । स्काउट शुद्धीकरण समितिको संयोजक देवदूत् अधिकारीले निर्देशक पदका लागि गरिएको दरखास्त आह्वान नै गलत भएको बताए ।
बहालवाल निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि दरखास्त आह्वान गरिएको उनको भनाइ छ । प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने अधिकारीले बताए ।
निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर आफ्नो विद्यालय (नाईटेंगल स्कुल) मा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ ।







