२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता’ : माधवकुमार नेपाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुन:गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् ।

पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकटको सामना गर्न सम्पूर्ण देशभक्त वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन्।

मुलुकको समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन तथा आर्थिक समृद्धि, सुशासन कायम गर्ने उद्देश्यले वामपन्थीबीच एकता प्रक्रिया सुरु गरिएको र आगामी दिनमा यस कार्यलाई थप विस्तार गरिने उनले प्रष्ट पारेका छन्।

समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको तथा विभिन्न प्रकारले वामपन्थी अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेतालाई एकता प्रक्रियामा सहभागी हुन सहसंयोजक नेपालले आह्वान गरे । 

सो अवसरमा उनले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीलाई पार्टी प्रवेश गराएका छन् ।