काठमाडौँ । नेपाल प्रहरीका आइजिपी चन्द्र कुवेर खापुङसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको छ ।
जेन जेड आन्दोलनमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगले आइजिपी खापुङसँगै स्पष्टीकरण मागेको हो ।
आन्दोलनमा खटिएका प्रहरीको विवरण दिन आनाकानी गरेको तथा पन्छ्याउन खोजेको आरोपमा उनीसँग स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रशासनसँग बताए ।
संसदभित्र कार्यरत स्पेशल टास्क फोर्स उपत्यकाभित्र नभई हेडक्वार्टरस अन्तर्गत पर्ने र देशभरिका कमाण्डरहरूको नामावली पनि उपत्यकाले पठाउन नसकेको अवस्थामा सिफ्ट गर्न खोजेकाले स्पष्टीकरण सोधिएको शर्माले बताए ।
यद्यपि प्रहरीले बुधबार ढिलो गरी आन्दोलनमा खटिएका कर्मचारीहरूको विवरण पठाएको छ ।







