कैलाली । अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय १० मिलि ग्रामसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ मा बस्ने बझाङ मष्टा गाउँपालिका-४ घर भएका २० वर्षीय विवेक उपाध्याय रहेका छन् ।
उपाध्यायलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त पदार्थसहित धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







